पाकिस्तानको मस्जिदमा आक्रमण हुँदा ५९ जनाको मृत्यु

हेटौंडा टुडे
१७ माघ २०७९, मंगलवार ११:११

हेटौंडा ।  पेशावर शहरको एक मस्जिदमा आक्रमण हुँदा २७ सुरक्षाकर्मीसहित ५९ जनाको मृत्यु भएको छ। विस्फोटमा परेर १७० भन्दा धेरै घाइते भएको र कैयौंको अवस्था गम्भिर रहेको रोयटर्सले जनाएको छ ।

आक्रमण प्रहरी लक्षित रहेको पेशावर प्रहरी प्रमुख ईजाज खानले जानकारी दिए ।  घटनास्थलमा ४ सय भन्द बढि मस्जिदमा रहेको र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । आत्मघाति आक्रमणकारीले प्रहरी घेरालाई तोडेर भित्र प्रवेश गरेको जनाइएको छ ।

प्रधानमन्त्री शहबाज शरीफले घटनाको विरोध गरेका छन् । अहिलेसम्म आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*