हेटौंडा| आज समापनको दिन हेटौंडेलीलाई मनोरञ्जन दिन युवापुस्ताका मनमुटुमा बसेकी चर्चित गायिका रचना रिमाल आउने छिन् । त्यस्तै गायक तथा संगीतकार चेतन सापकोटाको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।
साथै महोत्सवमा हरेक दिन मकवानपुरका स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत भइरहेको छ । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिताले हेटौंडा आइडल घोषित गर्नेछ भने हेटौंडा डान्सिङ स्टार प्रतियोगिताको उपाधि दिलुरितु श्रेष्ठले हात पारेकी छिन् । आइतबार भएको फाइनलमा उनी प्रथम भएकी हुन् । प्रतियोगितामा दिपिक्का चौधरी दोस्रो स्थानमा रहनि भने तेस्रो स्थानमा मन्दिरा घिसिङ भएकी थिइन् । उनीहरुले क्रमशः तीस, वीस र दश हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निशुल्क स्वास्थ्य शिविरहरु महोत्सवमा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए । महोत्सवको समापन बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरिने संघले जनाएको छ ।