हेटौडा । बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार एकआपसमा ठोक्किएर एक जना को मृत्यू भएको छ । अन्य २ जना घाईते भएका छन् । भैरहवा अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा तनहुँ भिमादका एक युवकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार रहेको प्रहरीले जनाएको छ । दुर्घटना परि मृत्यु हुने र घाईते हुने सबै बसका कर्मचारी हुन् ।
दुर्घटनामा परि तनहुँको भिमादका हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । पश्चिम नवलपरासीको बिनयी त्रिवेणीका बासु घिमिरे र सोही ठाउँका दिपेश घिमिरे घाईते भएका छन् ।
सेयर गर्नुहोस्