हेटौंडा|मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ल्होसार विशेष कार्यक्रम हुने भएको छ । तामाङ भाषा, लिपि र साँस्कृतिकको संरक्षण गर्न र मञ्जु श्री संवत २८५९ ह्योइ ल्हो बिरालो बर्गको अवसरमा यही माघ २७ गते ल्होसार विशेष कार्यक्रम हुने भएको हो ।
गढी गाउँपालिका भरिका समुदायले पालिका स्तारको बृहत ल्होसार साँस्कृतिक कार्यक्रम गर्न लागि कार्यक्रम मुल समरोह समितिले जनाएको छ । उक्त कार्यक्रम संचालन गर्न मुल समारोह समिति गठन गरिएको छ ।
समारोह समिति संयोजकमा आकाशकुमार गोले, कोषाध्यक्षमा बिक्रम योञ्जन, सचिवमा राजकुमार गोले, सहसचिवमा नारायण स्याङतान लगायत ५१ सदस्यी समिति गठन गरिएको हो ।
कार्यक्रममा प्रकाश तितुङ र प्रेम लोप्चनलगायत राट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
सेयर गर्नुहोस्