हेटौडा। काठमाडौं र ललितपुरका केही स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ ।काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट, तारकेश्वर नगरपालिका र ललितपुरको खुमलटारमा पालिएको कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद नार्कको अनुसन्धान फार्म, नार्गाजुन नगरपालिका वडा नम्बर ६ रामकोटको फार्म र तारकेश्वरमा पालिएका कुखुरामा बर्डफ्लू पुष्टि भएको छ । बर्डफ्लू पुष्टि भएका फार्मका नष्ट गर्ने काम भइरहेको छ ।
सेयर गर्नुहोस्