विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु

हेटौंडा टुडे
२७ माघ २०७९, शुक्रबार ११:३८

हेटौंडा|विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार, पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार, महाधिवेशन पछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ ।

शुक्रवारदेखि सुरु हुने महाधिवेशन शनिबारसम्म संचालन हुनेछ । महाधिवेशनमा देशभरबाट एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*