हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देबिडाडामा अबस्थीत रहेको धमिले कृषि सहकारी संस्थाको सनिवार नबनिर्मित भवन उदघाट्न गरिएको छ । सस्थाको ११ औं वार्षिक साधारण सभाको अबसरमा सहकारी सस्थाको नया भवन उदघाट्न गरिएको हो । मकवानपुरगढी ३ का वडाध्यक्ष भागवत घिमिरेले रिबन काटेर भवनको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा अध्यक्ष नवराज संजेलले संस्थाको प्रगति प्रतिबेदन, लेखा समिति संयोजक टिकादत्त घिमिरेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो
कार्यक्रममा विभिन्न ब्याक्तित्वहरुलाई सम्मान गरिएको थियो । सस्थाको भवन निर्वाण गर्नको निम्ति लागि १० धुर घडेरी नि:शुल्क उपलब्ध संस्थाका सल्लाहकार गोविन्द प्रसाद तिमल्सिना र भवन निर्माणमा महत्वपूर्ण भुमिका खेलेको प्रती वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेलाई सम्मान गरिएको थियो ।
सहकारीले आर्थिक बर्ष २०७८/८९ मा ३९ लाख ६ हजार २ सय २९ रुपैयाको कारोबार गरेको छ । सहकारीमा शेयर पुँजी ९४ हजार ४ सय र बचत निक्षेप २५ लाख ७० हजार ३ सय ५ रुपैया रहेको सहकारीका सचिव राजेश देबकोटाले जानकारी दिनुभयो । बि सं २०६८ सालमा स्थापना भएको सहकारी संस्थामा हाल १६४ जना पुरुष र ६६ जना महिला गरि २ सय ३० जना शेयर सदस्य रहेको सस्थाका अध्यक्ष नमराज सन्जेल जानकारी दिनु भयो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य बिदुर हुमागाई, सङम टोल बिकास सस्थाका अध्यक्ष नरेद्र लम्साल , मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल,रानि सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जानकी दहाल , सरस्वती आधारभुत विद्यालयका अध्यक्ष भोलानाथ दहाल, सस्थाका पुर्ब अध्यक्षहरु , पत्रकार , लगायत बिभिन्न ब्याक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
संस्थाका अध्यक्ष नमराज सन्जेलको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।