मकवानपूरमा कोइला बालेर सेक्ने क्रममा चारदिने शिशुको मृत्यु

हेटौंडा टुडे
२९ माघ २०७९, आईतवार १२:४७

हेटौंडा ।कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिने शिशु बालक को मृत्यु भएको छ । शनिबार जिल्लाको भीमफेदी गाउँपालिका(४ थानसिङ गाउँमा आफ्नै घरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिनको शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घटनास्थलमा शिशुको बाबु २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ निस्सासिएर बेहोस अवस्थामा भेटिएका थिए ।

उनीहरुलाई शनिबारनै हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएको थियो । विपनालाई थप उपचारको लागी चुरेहिल अस्पताल रिफर गरिए पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*