लुम्बिनी प्रदेश सरकारका सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए

हेटौंडा टुडे
२९ माघ २०७९, आईतवार १६:४९

हेटौंडा| लुम्बिनी प्रदेश सरकारका सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथ दिलाएका हुन् ।

शनिबार एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एकजना मन्त्री नियुक्त भएका थिए । नियुक्त भएका मन्त्रीलाई दाङको राप्ती गाउँपालिका मौरीघाट आयोजित समारोहमा पद तथा गोपनीयताकाे शपथ गराइएकाे हाे ।

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*