हेटौंडा| जनयुद्ध दिवसको अवसरमा आज सोमबार सार्वजनिक बिदा दिईएको छ ।
शनिबार बसेको मन्त्रिपरिषदको बैठकले सार्बजिनक बिदा दिने निर्णय गरेको हो । सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिएको छ ।
२०५२ फागुन १ गतेबाट शुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।
सेयर गर्नुहोस्