हेटौंडा| भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि आज आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी निपाल आउन लागेका हुन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसंग भेट्दैछन् । प्रधानमन्त्री दाहालसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।
उनी नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको बैठकमा पनि सहभागी हुनेछन् ।
सेयर गर्नुहोस्