मकवानपुरको बकैयामा छतबाट खसेर एक वृद्ध गम्भीर घाइते

हेटौंडा टुडे
४ फाल्गुन २०७९, बिहीबार १२:१४

हेटौंडा। मकवानपुरको बकैयामा छतबाट खसेर एक वृद्ध गम्भीर घाइते भएका छन्।मकवानपुर बकैया -४ गरगरेमा रहेको छतिवन स्वास्थ्य चौकिमा आँखा शिविररमा उपचार गराउन आएका बकैया-७ हात्तिखोलाका  ८० बर्षीय आईते माझी घतबाट खसेर गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।

माझी राति पिसाब फेर्न  निस्केको समयमा स्वास्थ्य चौकिको एक तल्ला माथिबाट खसेको जनाइएको छ।गम्भीर घाइते माझीको हेटौंडामा उपचार हुन नसकेपछि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको जनाइएको छ। उनको  बिभिन्न भागमा चोट रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*