हेटौंडा | बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठद्वारा हेटौंडा अस्पतालको अनुगमन गर्नु भएको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको निरिक्षण र अनुगमन समेत गर्नु भएको हो ।
अस्पतालले अहिले प्रदान गर्दै आएको स्वास्थ्य सेवा, पहिलेको तुलनामा बृद्धी हुँदै आएको सेवा परेका समस्या र चुनौतीका बारेमा अस्पतालका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रताष्ठिानका रजिष्टार राजेश प्रसाईले जानकारी गराउनुभयो ।
अस्पतालको सेवालाई थप गुणस्तिरिय बनाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत स्वास्थ्य मन्त्री श्रेष्ठले वताउनुभयो । यही फागुन ९ गते राष्ट्रपति विद्यादेवि भण्डारी अस्पतालको नयाँ भवनको उद्घाटन् गर्नका लागि आउने कार्यक्रम रहेकाले त्यसको तयारीका लागि पनि प्रथम मुख्यमन्त्री पौडेल र स्वास्थ्य मन्त्री श्रेष्ठ अस्पताल पुग्नुभएको हो । कार्यक्रम भव्य रुपमा सम्पन्न गराउनका लागि दुवै जनाले अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको छ ।