हेटौंडा| बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला ६०० सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो ।
यस्तै, हिजो बुधबार प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज प्रतितोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार चाँदी तोलामा १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्