हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ अन्तर्ग आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
आज हुने दोस्रो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्बल हिलमालयन शेर्पा र विदेशी क्लब एभिनियर एफसी क्यामरुन एकआपसमा भिड्दैछन् । आजको खेल दिनको ठिक तिन बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
आजको खेलको विजेताले उपाधिका लागी मनाङ मस्र्याङदीको सामना गर्ने छ । मनाङ यसअघिनै फाइनल प्रवेश गरिसेकेको छ । मनाङले हिजो आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्रलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । सशस्त्रको एपीएफ क्लबलाई टाइब्रेकरमा हराएको मनाङले उसलाई ४–२ गोल अन्तरले पराजित गर्दै गरेको हो ।
सेयर गर्नुहोस्