हेटौंडा|सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५०० रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ३ हजारमा कारोबार भएको सुनको मूल्य बिहीवार १ लाख २ हजार ५०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ५०० थियो । बिहीवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँमा आएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
सेयर गर्नुहोस्