हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरकाे आक्रमणमा परि मृत्यु भएका परिवारकाे लागि प्रदेश सरकारबाट क्षतिपूर्तिकाे व्यवस्था गर्न आफुले पहल गर्ने बताउनुभएकाे छ ।
गएकाे माघ ८ गते हात्तीको आक्रमणमा परि निधन हुनुभएकाे मनहरी-४ तल्लाे मसिनेकी राधादेवि अधिकारीकाे परिवारसँगकाे भेटमा उहाँले जनावरकाे आक्रमणमा परि मृत्युु भएका परिवारलाई प्रदेश सरकारकाे तर्फबाट राहत उपलब्ध गराउन मुख्यमन्त्री शाालिकराम जमकट्टेललाई अनुराेध गरिसकेकाे बताउनुभयाे । उहाँले प्रदेश सरकारले निर्णय गरेर पीडित परिवारलाई कम्तिमा १ लाख रुपैयाँ राहत उपलब्ध गराउनुपर्ने बताउनुभयाे । साथै स्थानीय सरकारले समेत किरिया खर्चकाे व्यवस्था गर्नुपर्ने उहाँकाे भनाई छ ।
जंगली जनावरकाे आक्रमणबाट मृत्यु भएकाे परिवारलाई संघीय सरकारले उपलब्ध गराउने १० लाख रुपैंया राहत थाेरै भएकाे उहाँकाे भनाई छ । प्रदेश सरकारले केही राहत रकम उपलब्ध गराएमा पीडित परिवारलाई सहज हुने उहाँले बताउनुभयाे । आरक्ष तथा निकुञ्ज क्षेत्र विस्तार हुँदै जाँदा जनावर र मानव द्वन्द बढ्दै गएकाे नेता बानियाँकाे भनाई छ । घाँस, दाउरा, खेतीपातीकाे काममा महिलाकाे संलग्नता बढि रहेकाे कारण जनावरकाे बढि जाेखिममा महिलाहरू रहेकाे उहाँले बताउनुभयाे ।
नेता बानियाँले पर्सा राष्ट्रिय निकुञ्ज पदमपाेखरी सेक्टर कार्यालय लामिटार पुगेर आक्राेशकाे बिचमा पनि संयमता अपनाएकाेमा सेनालाई धन्यवाद दिनुभएकाे छ ।
पीडित परिवार भेट्न मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेस मनहरि गाउँपालिकाका सभापति प्रकाश बर्ताैला, कांग्रेस नेताहरु शंकर न्याैपाने, रमेश पुरी, मनहरी-८ का वडाध्यक्ष नारायण उप्रेती, मनहरी-३ का वडाध्यक्ष अनन्त अर्याल लगायत पुग्नुभएकाे थियाे ।