अभिनेता पल शाह आज रिहा हुने

हेटौंडा टुडे
१५ फाल्गुन २०७९, सोमबार १२:१६

हेटौंडा|उच्च अदालत पोखराबाट जबरजस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् ।

नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने भएका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका छन् ।

आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको शाहलाई आज रिहा गर्ने भएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्ले जानकारी दिए ।

शाहविरुद्ध नाबालिक बलात्कारको आरोपमा २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी परेको थियो । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् । बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*