हेटौंडा|धादिङको धुनिबेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धुनबेशी नगरपालिका–६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियाँ रहेका छन् । बानियाँलाई आइतबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बानियाँले फागुन १० गते कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
सेयर गर्नुहोस्