हेटौंडा|कारोबार अवधिभरको उतारचढावपछि आज साेमवार शेयर बजार सामान्य घटेको छ । दिउँसो १२ बजेर ५५ मिनेटमा १९ सय ९० विन्दुमा झरेको शेयर बजार बजार बन्द हुने बेलामा हिजो आइतवारभन्दा तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ विन्दुमा रोकिएको छ ।
आज लघुवित्त, फाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । होटल र पर्यटन, व्यापार र अन्य समूहको शेयर भने दोहोरो अङ्कले बढेकाे छ । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज राप्ति हाइड्रो पावर कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटे पनि स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
सेयर गर्नुहोस्