नारायणीको किनारमा हेटौंडाका पाठकको शव फेला

हेटौंडा टुडे
२३ फाल्गुन २०७९, मंगलवार १७:१४

हेटौंडा |  हेटौंडा एक युवक नारायणी नदीको किनारमा मृत भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका–९ बस्ने २४ वर्षीय सौरभ पाठकको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार पाठकको शव चितवन भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा फेला परेको हो । उनी यही फागुन १६ गते कामको शिलशिलामा काठमाडौं गएका थिए ।

आफन्तका अनुसार उनी फागुन १८ गते काठमाडौंबाट घर फर्किने क्रममा भरतपुर महानगरपालिका–१ हरिहर मन्दिरबाट बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि आफन्तले फागुन २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा  खोजतलाका लागि निवेदन दिएका थिए ।

प्रहरीले खोजीको क्रममा फागुन २२ गते नारायणी नदिको किनारमा मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*