हेटौंडा| विहिबार सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश हुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेश गर्ने भएको हो ।
निर्वाचनमा रामचन्द्र पौडेल ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपति पदमा निर्वाचित भएका थिए भने अर्का प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।
निर्वाचनमा ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
सेयर गर्नुहोस्