हेटौंडा| प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहितको टोली शुक्रबार बहराइन प्रस्थान गर्दैछ ।
अन्तर-व्यवस्थापिका संघको १४६ औँ बैठकमा भाग लिन घिमिरेसहितको ९ सदस्यीय टोली बहराइन प्रस्थान गर्न लागेको हो । बैठक आगामी चैत २७ देखि चैत २ गतेसम्म हुनेछ ।
सभामुखसंगै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु कडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी बैठकमा सहभागी हुनेछन् ।
सेयर गर्नुहोस्