हेटौंडा | आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीले युएईलाई रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २४६ रन बनायो ।
जसमा सेसे बाउले अविजित ८१ , हिरि हिरिले ७७, किप्लिङ डोरिगाले ५५ रन रनको योगदान गरे ।
युएईका लागि आउन खानले ३, जुनेद सिद्दिकले २, जाहुर खानले २ विकेट हात पारे ।
युएईलाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी तीन खेल जित्नुपर्ने दबाव छ । उसको ३२ खेलमा ३१ अंक छ । यसका साथै युएईले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी चारै खेल आफ्नो पक्षमा पर्नुपर्छ ।
पिएनजी भने शीर्ष पाँचको दौडबाट बाहिरिसकेको छ ।
सेयर गर्नुहोस्