हेटौंडा | कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सीरीज अन्तर्गतको खेलमा नेपालले संयुक्त अरब एमिरेन्ट्स युएईलाई २४९ रनको लक्ष्य दिएको छ ।
नेपालले ४९।५ ओभर खेल्दै सबै विकेट गुमाएर २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए भने आरिफ शेखले ४३ रनको योगदान दिए । त्यस्तै गुल्शन झाले ३७ रन तथा दिपेन्द्र सिंह ऐयरीले १९ बलमा विष्फोटक ३४ रन बनाए । यसबाहेक भिम सार्कीले २९ रन बनाए ।
कुनै बेला ७६४ को अवस्थामा रहेको नेपाललाई मध्यक्रममा ब्याट्म्यानहरुले सम्मानजनक योगफल तयार पार्न सहयोग गरे ।
पावरप्लेमा नै तीन ब्याटरलाई गुमाएको नेपालका लागि कप्तान रोहित पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।
सेयर गर्नुहोस्