नायिका वर्षा शिवाकोटीको टुट्यो वैवाहिक सम्बन्ध

हेटौंडा टुडे
३० फाल्गुन २०७९, मंगलवार १७:०६

हेटौंडा| नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध टुटेको छ । अमेरिका बस्ने आशिष गेलालसँग १० महिना अघि विवाह गरेकी वर्षाको वैवाहिक सम्बन्धमा केहि महिना अघि देखी नै दरार आएको समाचारहरु आइरहेका थिए ।

वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भएपछि उनीहरुबीच खटपट भएको खुलेको थियो । सोमबार आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरिएसँगै यो कुराको पुष्टी भएको हो ।

केहि दिन अघि मात्र अर्की नायिका निशा अधिकारी र उनका पति क्रिकेटर सरद भेस्वाकर बीचको सम्बन्ध बारे समेत समाचारहरु बाहिरिएका थिए । निशाले आफु र छोराको सम्पतीको माग दाबी सहित अदालतमा निवेदन दिएपछि उनीहरुको सम्बन्धमा समेत चिसोपना रहेको खुलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*