१३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

हेटौंडा टुडे
५ चैत्र २०७९, आईतवार १५:२१

हेटौंडा|  त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरीका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।

देशभरीका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित १३ क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

यसैगरी, पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया स्थगित भएको हो । यस्तै, त्रिचन्द्र क्याम्पसमा यही चैत्र ९ गतेका लागि तोकिएको छ ।

बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म संचालन हुनेछ । निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि।सं। २०६५ देखि यता हुन सकेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*