नेपाल टेलिकममा ४९ जनाले नाम निकाल्न सफल

हेटौंडा टुडे
६ चैत्र २०७९, सोमबार १५:१५

हेटौंडा|  नेपाल टेलिकममा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ४९ जनाले नाम निकाल्न सफल भएका छन् । स्थायी सेवाका लागि तह ४ को टक्निसियन पदका लागि ५३ सिटमा लोकसेवा आयोगद्धारा लिइएको परीक्षामा उनीहरु उत्तीर्ण भएका हुन् ।

आयोगका अनुसार समावेशी प्रतियोगितामा सिट संख्या छुट्याएर विज्ञापन गरेकोमा खुलातर्फ २९, महिलातर्फ ६, आदिबासी जनजातितर्फ ७, मधेसीतर्फ ५, दलिततर्फ २ र अपाङ्ग पिछडिएको क्षेत्रबाट १र१ जना उत्रिर्ण भएका छन् ।

टेलिकमले उत्तीर्ण भएका उम्मेदवारलाई आगामी १५ दिनभित्र नियुक्तिका लागि केन्द्रिय कार्यालयस्थित मानव संसाधन विभागमा सम्पर्क राख्नसमेत अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*