हेटौंडा । प्राविधिक सीप विकास सम्बन्धि ३ महिने सिलाई कटाई तालिम मकवानपुरगढी गाउँपालिका वडा न. १ आँपटारमा हिजो बुधबारबाट शुभारम्भ भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा) अन्तर्गत तालिम हुन लागेको हो । तालिममा वडा न. १ का विभिन्न टोलका २२ जना महिलाहरुको सहभागिता रहेको वडा नम्बर १ का वडा अध्यक्ष आईत सिह लो ले जानकारी दिनु भयो ।
वडा न.१ का वडाध्यक्ष आईत सिं लोको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको थियो । प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष स्याङ्तानले सिलाई सामाग्रीहरु प्रशिक्षकलाई हस्तान्तरण र सिलाई मेशिन चलाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सेयर गर्नुहोस्