हेटौंडा | साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक एक लाख ८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला २५ रूपैयाँ बढेर एक हजार ४ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्