हेटौंडा | सर्लाहीमा नक्कली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद राय रहेका छन् ।
सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित उनलाई पक्राउ गरेको हो । बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका रायका साथबाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ । प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ ।
सेयर गर्नुहोस्