सुन–चाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२८ चैत्र २०७९, मंगलवार १३:०२

हेटौंडा । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सुन र चाँदी अघिल्लो दिनको तुलनामा क्रमश  प्रतितोला पाँच सय रुपैयाँ र  ५  रुपैयाँले बढेको हो।

मंगलबार सुनको भाउ बढेसँगै छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख  ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी सिल्प व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*