हेटौंडा| पर्साबाट प्रहरीले चरेससहित मकवानपुरमा २ जना र पर्साका एक गरि ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका-५ का ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुरको राक्सिराङ गाउँपालिका-८ का ३८ वर्षीय रमेश मोक्तान र मनहरी गाउँपालिका-६ का २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले पटेर्वासुगौली गाउँपालिका-५ देउरियामा परदेशी राउतको घर खानतलासी गर्दा चरेस १ सय १८ केजी र अवैध लागुऔषध गाँजा ४ किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सेयर गर्नुहोस्