हेटौंडा । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको स्थानमा हेटौंडाकी विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको स्थानमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । कंसाकार स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी समानुपातिकतर्फबाट सांसद बन्ने भएकी छिन् ।
व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गर्दै सांसदबाट पनि हटाएको छ ।
सेयर गर्नुहोस्