हेटौंडा|भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।
नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ ।
स्वास्थ्यमा समस्या आएपछि बैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो । उनलाई उच्च सुरक्षासहित एम्स पुर्याइएको थियो ।
सेयर गर्नुहोस्