हेटौंडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको हो ।
यस्तै, बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । बैठकपछि भएको पत्रकारसम्मेलनमा सभापति रवि लामिछानेले उप–निर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको जानकारी गराए ।
सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले राखेको भए पनि सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताए ।
सेयर गर्नुहोस्