हेटौंडा | संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदैछ । दुबै सदनको बैठक भोलि बस्दैछ ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुबैसदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।
सेयर गर्नुहोस्