हेटौंडा|साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.९१ प्रतिशतले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर १८३३.६९ को बिन्दुमा झरेको छ ।
आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँमा कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ३५२.३७ को बिन्दुमा पुगेको छ ।
आज १३ वटा उपसमूहमध्ये सबैको समूहगत सूचक ओरालो लाग्यो । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.४४ प्रतिशतले घटेको छ ।
सेयर गर्नुहोस्