संघीय संसद् प्रतिनिधि सभामा आज पनि प्रि–बजेटमाथि छलफल हुने

हेटौंडा टुडे
२६ बैशाख २०८०, मंगलवार ११:३०

हेटौंडा|संघीय संसद् प्रतिनिधि सभामा आज पनि प्रि–बजेटमाथि छलफल हुने भएको छ । प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकको निर्णय अनुसार आज पनि प्रि–बजेटमाथि छलफल हुन लागेको हो ।

जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिएका थिए ।

उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि–बजेटका बारेमा छलफल सुरु गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*