हेटौंडामा आजबाट खुल्यो स्वदेशी सुपर मार्केट , दुई जनाले पाए १० ग्राम सुनको सिक्का

हेटौंडा टुडे
२८ बैशाख २०८०, बिहीबार २१:२०

हेटौडा । आजबाट हेटौंडा २ कान्तिराजपथमा स्वदेशी सुपर मार्केट सन्चालनमा आएको छ आज विहीबारबाट जमादार ग्रुपद्धारा सञ्चालित स्वदेशी सुपरमार्केट सञ्चालनमा आएको हो ।  नेपाली कांग्रेस नेतृ एंव प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले सुपरमार्केटको समुद्घाटन गरेकी छिन् ।  उद्घाटन गर्दै उनले स्वदेशी उत्पादनको विक्री वितरणले नेपाली बजारमा छुट्टै पहिचान बनाउने बताइन् । उनले सुपर मार्केटको शुभकामना दिदैं नेपालमा उत्पादित वस्तुहरुको प्रयोग र उपभोगका लागि सबै सामू आग्रह समेत गरेकी थिइन् । कार्यक्रम उद्योगी एंव जमादार ग्रुपका सिईओ कृष्ण कुमार गुप्ता अग्रवालको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाली चलचित्र उद्योगका नायिका केकी अधिकारी, वर्षा शिवाकोटी, मिस नेपाल सदिक्षा श्रेष्ठ, कलाकार जीतु नेपालले सुपरमार्केटको सफलताको शुभकामना व्यक्त गरेका थिए । स्वदेशी उत्पादनलाई प्रयोग गर्न उनीहरुले सबैलाई आग्रह गरेका छन् ।

करिब २ करोडको लगानी रहेको सुपरमार्केट सञ्चालनमा ल्याइएको सुपरमार्केटका निर्देशक अमित अग्रवालले बताए । ‘स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई समर्थन गर्ने आफुहरुको लक्ष्य  रहेको अग्रवालले बताए । सुपरमार्केटमा खाद्यवस्तुदेखि कपडा, घरको सजावट र व्यक्तिगत हेरचाहको सामाग्रीहरु सुपथ मूल्यमा पाइने अग्रवालले बताएका छन् ।

सुपर मार्केटले ल्याएको लक्की ड्रको नतिजा समेत आज सार्वजनिक गरिएको छ । लक्की ड्र कार्यक्रम अवधिमा चार हजार माथिको सामान खरिदमा लक्की ड्र कुपन प्राप्त गरिने व्यवस्था थियो । सोही अनुरुप एक हजार ४३ जनाले कुपन लिएका थिए । उनीहरु मध्येबाट कुपन नम्बर ६६२ का सरस्वती बोगटी र ७३० नम्बरका मच्छेन्द्र ढुङ्गानाले १० ग्रामको जमादार लेखिएको सुनको सिक्का प्राप्त गरेका छन् ।

हेटौंडा २ कान्तिराजपथ स्थित जमादार ग्रुपको स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*