हेटौडा । हेटौडाको अनमोल स्विट्सले आज आफ्ना ग्राहक महानुभाबहरुको लागि सुरु गरेको उपहार योजना सार्वजनिक गरेको छ । अनमोलले नयां बर्षको अबसर पारेर आफ्ना ग्राहकहरुलाई बैसाष ८ गते देखि बैसाष ३० गते सम्म निशुल्क पानि पुरी बित्तरण गरेको थियो ।अनमोलले आफ्ना ग्राहक माहानुभाबहरुलाई आफ्नो होटलको बारेमा र होटलले निशुल्क बित्तरण गरेको पानि पुरीको बारेमा टिकटक बनाउनेलाइै धेरै भ्यु र लाईक सेरको आधारमा पुरस्कार दिने घोषण रेको थियो । जस अन्र्तगत प्रथम पुरस्कार हेटौंडा – ४ का प्रतिक खड्कालाई नगद ५००० पाच हजार सहित एक किलो मिठाई एक हजार बराबरको फुड कुपन दोस्रो पुरस्कार हेटौंडा –७ कि श्रदा लामिछानेलाई ३००० तिन हजार सहित एक किलो मिठाई एक हजार बराबरको फुड कुपन र तेस्रो पुरस्कार प्रीस्तु नगरकोटिलाई २००० दुई हजार सहित एक किलो मिठाई एक हजार बराबरको फुड कुपन र प्रमाण पत्र बित्तरण गरेको थियो ।
होटलको बारेमा अहिले सम्म जम्मा २५१ जनाले टिकटक बनाएका थिए भने आज कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो । सहभागि हुने सबैलाई एक हजार बराबरको फुड कुपन र मिठाईको परिकारहरु बित्तरण गरेको थियो । युवाहरुको माग र चाहाना देखर आफु एकदमै खुसि भएको निशुल्क पानि पुरी बित्तरणको कार्यक्रम असार ३० गते सम्म सन्चालन रहने होटलका सन्चालक निप्पु सराफले जानकारी दिनु भयो । साथै एक महिना सम्मको यो कायैक्रम सन्चालन गरे बागत र आजको पुरस्कारको कार्यक्रम सम्म आई पुग्दा जम्मा जम्मी चाडे चार लाख रुपैया खर्च भएको सराफले जानकारी दिनु भयो ।
साथै आजकै मितिबाट अर्थात जेठ १ गतेबाट अर्को कार्यक्रम टिकटक प्रयोग कर्ताहरुलाई टिकटकको महाकुम्भ सुरु भएको पनि सराफले कार्यक्रममा बताउनु भएको छ । आज १ गतेबाट सुरु भएको यो कार्यक्रममा नगद सहित पुरस्कारको ब्यबस्था भएको जानकारी दिनुभयो । असार ३० गते सम्मको लागि सुरु भएको यो कार्यक्रम ग्राहकहरुले दुई महिनामा भित्रमा फरक कन्टेनमा ९ वटा सम्म टिकटक पोस्ट गर्नु पर्ने छ । हप्तामा एउटामात्र पोस्ट गर्नु पर्ने छ । साथै प्रथम पुरस्कार रु ५१००० हजार नगद र २५ हजार बराबरको फुड कुपन र र अन्य पुरस्कार गरी करिब एक लाख बराबरको पुरस्कार पाउने छन भनेै सेकेन्ड पुरस्कार ३१००० एकतिस हजार नगद र २५ हजार बराबरको फुड कुपन र र अन्य पुरस्कार र तेस्रो पुरस्कारमा २१००० एक्काईस हजार नगद र २५ हजार बराबरको फुड कुपन र अन्य पुरस्कार पाउने छन । पुरस्कार साउन १ गते बित्तरण गरिने छ ।
पुरस्कार बित्तरण कार्यक्रम अनमोल स्विट्सका सन्चालक निप्पु सराफको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा होटलकी सन्चालक जुलि सराफ होटल सुर्यान्सका अपरेसन म्यानेजर सगुन सिवाकोटि , एफ एन बि म्यानेजर राजेन्द्र श्रेष्ठ र सन्चारकर्मी देकोटा कान्छो मनोज , सन्नु रीजाल लगायतको उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस