हेटौंडा|नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ११ लाख १५ हजार ७३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।
सेयर गर्नुहोस्