असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाउने

हेटौंडा टुडे
१० जेष्ठ २०८०, बुधबार ११:४७

हेटौंडा । सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

सरकारले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*