हेटौंडा| नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अदालतमा बयान शुरु हुने भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परि हिरासतमा रहेकाहरूको अदालती बयान शुरु हुन लागेको हो ।
सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्धा दर्ता गरेको थियो ।
उनीहरूमाथि राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोपमा मुद्धा दर्ता गरिएको छ ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेनता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परेका छन् भने केही फरार छन् ।