हेटौंडा| प्रतिनिधि सभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेले सदनमा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
त्यसअघि नेकपा एमालेका सांसद पदम गिरीले संसद चल्न नसक्ने बताएका थिए । सोसँगै सदनमा एमालेका सांसदहरू उभिएर विरोध तथा नाराबाजी गरेका थिए ।
उनीहरूले सत्ता पक्षका एक सांसदले पशुपतिको जलहरी सुनको नभइ पित्तल लगाएको भनेको भन्दै आरोप पुष्टि गर्न माग गरेका छन् ।
सेयर गर्नुहोस्