हेटौंडा| मकवानपुरको बागमती गाउँपालिकाले गाउँघरकाे बिवाद समाधानको लागि मेलमिलापकर्ताहरूलाई तालिम दिएको छ ।
मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभुत तालिम मंगलबार सम्पन्न भएको हाे । ४८ घण्टे तालिममा ३० जना सहभागी थिए ।
तालिम समापनमा बाेल्दै गाउँपालिका अध्यक्ष सर्केस घलान मधुले याे तालिमपछि गाउँघरमै न्यायनिरूपण गर्न सहज हुने विश्वास ब्यक्त गरे । तालिमकाे सहजिकरण कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड काठमाडौले गरेको थियोे । तालिम समापनमा सहभागीहरूकाे तर्फबाट हेमचन्द्र थापा र पार्वती माझीले सिकाई उपलब्धि बारे बाेलेका गिए ।
गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाकाे सभाध्यक्षतामा भएकाे समापन कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रिन पृथक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण श्रेष्ठ, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारू मगरकाे आतिथ्यता रहेको थियाे ।
याे तालिमपछि गाउँपालिकाले मेलमिलापकर्ताहरू सुचिकृत गर्ने र वडाहरूमा मेलमिलाप केन्द्रहरू स्थापना गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।