हेटौंडा| आज साताको शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । बजेट घोषणापछि शेयर बजारमा आज उच्च अंकको गिरावट आएको हो ।
नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सेयर गर्नुहोस्