हेटौंडा| सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो।
नेपाली सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० भएको छ। त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० कायम भएको छ।
बुधबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलमाना बुधबार एकै दिन सुनको मूल्यमा १५०० बढेको थियो।
सेयर गर्नुहोस्