हेटौंडा| सु्नको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन १ लाख १२ हजार ७५० कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार ५ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला १४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
बिहीबार चाँदी १४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सेयर गर्नुहोस्