हेटौंडा | कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिकैबाट लागूऔषधसहित प्रहरीले गएराति तीन युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाई रहेका छन् ।
शङ्कालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरो हेरोईन र मोबाइल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सेयर गर्नुहोस्